ज्योति विकास बैङ्कले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ३० थान डेस्क-बेन्चहरू प्रदान गरेको छ। बैङ्कले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। सो सहयोग पश्चात्, विद्यार्थीहरूले डेस्क-बेन्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैङ्कले अपेक्षा गरेको जनाएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैङ्कका तर्फबाट बैङ्कका पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टद्वारा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क-बेन्चहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा बैङ्कका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक गोपाल प्रसाद शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैङ्कको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो। डेस्क-बेन्चहरूको व्यवस्था भएसँगै जीर्ण अवस्थामा रहेका डेस्क-बेन्चहरूका कारण विद्यार्थीहरूलाई हुने असुविधाको अन्त्य भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। ज्योति विकास बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको छ।
 
ज्योति विकास बैङ्कद्वारा चितवनस्थित खैरहनी माध्यमिक विद्यालयलाई सहयोग
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            