शाइन रेसुङ्गा डेभलपमेण्ट बैकंको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ०७ गते, बुधबारकाे दिन बसेको सञ्चालक समितिको २६६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउने रकम रु. ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र ०.७० प्रतिशतले हुन आउने रकम रु. २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ १० पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १४ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले चुक्ता पुँजीको १०.९३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x