राधी विद्धुत कम्पनीकाे हकप्रद शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला

राधी विद्धुत कम्पनी लिमिटेडको हकप्रद शेयर कार्तिक २९ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।

कम्पनीले हकप्रद शेयर असोज ५ गते देखि २५ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा देहाय बमोजिमको आवेदन नपरेकोले प्रचलित कानुन अनुसार उक्त शेयरहरू बोलकबोल बढाबढ गरी इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, सस्थाहरुलाई तपसिलमा उल्लेखित शर्तहरुकाे अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरेको छ । साे कम्पनीले १३ लाख ५२७.९९ कित्ता शेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो। 

उक्त हकप्रद शेयरहरू खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा सङ्गठित संस्थाहरूले मंसिर ७ गते भित्रमा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएको छ।


बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ   ।

इच्छुक आवेदकले मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नारायणचाैर, नक्साल, काठमाण्डाै र शाखा कार्यालयहरू ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचाेक-पाेखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, तुल्सीपुर-दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगर  बाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
 
यस कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x