वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धि, मलेसिया प्रमुख गन्तव्य

 

चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैज्ञानिकीकरण) लिने नेपालीको सङ्ख्या वृद्धि भएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भाद्र सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,०३,८९८ पुगेको छ। त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९,१८९ पुगेको छ। अघिल्लो आ.व.को सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जम्मा ३,५४,६६० जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको भाद्रसम्ममा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया, कतार, युएई, कुवेत र साउदी अरेबिया रहेको तथ्याङ्कले देखाएको छ।



चालु आर्थिक वर्षको भाद्र सम्मको तथ्याङ्क अनुसार मलेसिया वैदेशिक रोजगारीका लागि सर्वाधिक श्रम स्वीकृति लिइने मुलुक भएको छ। मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५५,३९५ रहेको छ। त्यस्तै, सर्वाधिक श्रम स्वीकृति लिइने अर्को मुलुक कतार रहेको छ। कतारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९,९५३ रहेको छ। यता, युएईका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७,९८४, कुवेतका लागि ७,२६६ र साउदी अरेबियाका लागि ५,९४७ रहेको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७०.६ प्रतिशतले वृद्धि भएको छ। गत आ.व.को यसै अवधि सम्ममा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या मात्र २२,९७६ रहेको तथ्याङ्कले देखाएको छ।

चालु आर्थिक वर्षको भाद्र सम्ममा कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने मुलुक रहेको छ। कतारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १४,३९० रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने अर्को मुलुक युएई रहेको छ। युएईका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ८,५२१ रहेको छ। यता, सोही अवधिमा साउदी अरेबियाका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७,५४२, मलेसियाका लागि ४,४६१ र कुवेतका लागि २,०४६ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x