विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ११.३ प्रतिशतले बढ्याे



केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को भाद्र सम्मको अवधिमा १९ दशमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेकाे छ भने भाद्र महिनामा ९४ अर्ब ८३ कराेड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ काे सोही अवधिमा भने विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेकाे थियो ।


चालु आर्थिक वर्ष २०७९/८० को भाद्र अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेकाे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ ।आर्थिक वर्ष २०७८/७९ काे सोही अवधिमा यस्तो सङ्ख्या ४२९.५ प्रतिशतले बढेकाे थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव ५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो।



स्रोत: नेपाल राष्ट्र बैङ्क

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x