मुद्रास्फीति: परिचय र प्रकार

हामी सबैले अर्थतन्त्रमा सुनिरहेको शब्द मुद्रास्फीति (i.e. Inflation) हो। सामान्य भाषामा भन्नु पर्दा मुद्रास्फीति एक निश्चित अवधिमा हुने मूल्य वृद्धि दर हो। अर्थतन्त्रमा वस्तु र सेवाहरूको मूल्यमा वृद्धि हुन्छ भने त्यसलाई मुद्रास्फीति भनिन्छ। जब कुनै वस्तु वा सेवाको मूल्यमा अभिवृद्धि हुन्छ भने मुद्राको प्रत्येक एकाइले कम वस्तु र सेवाहरू खरिद गर्दछ। त्यसर्थ, मुद्रास्फीतिलाई पैसाको क्रय शक्तिमा कमी आउनु हो भनेर पनि भन्न सकिन्छ।   

मुद्रास्फीतिका प्रकारहरू

  • माग-पुल मुद्रास्फीति (Demand-Pull Inflation) : यस प्रकारको मुद्रास्फीतिमा वस्तु र सेवाहरूको मागले तिनीहरूको मूल्य कसरी बढाउन सक्छ भनेर वर्णन गर्दछ। यदि कुनै पनि वस्तु र सेवाहरूको आपूर्तिमा कमी छ भने मानिसहरूले यसको लागि थप मुद्रा तिर्न तयार हुन्छन्। 
     
  • लागत-पुश मुद्रास्फीति (Cost-Push Inflation) : जब माग-पुल मुद्रास्फीति बलियो हुँदै गइरहेको हुन्छ त्यति बेला लागत-पुश मुद्रास्फीति अक्सर सुरु हुन्छ। यदि कुनै पनि व्यवसायहरूको लागि कच्चा मालको मूल्यमा वृद्धि हुन्छ भने त्यति बेला व्यवसायहरूले मागको ख्याल नगरी आफ्नो मूल्य बढाउनु पर्ने हुन्छ। 
     
  • निर्मित मुद्रास्फीति (Built-in inflation) : माग-पुल मुद्रास्फीति र लागत-पुश मुद्रास्फीति चलिरहँदा कर्मचारीहरूले रोजगारदाताहरूलाई तलब वृद्धिको लागि माग गर्दछन् र यदि रोजगारदाताहरूले आफ्नो ज्याला प्रतिस्पर्धात्मक रूपमा राख्दैनन् भने, तिनीहरूले श्रम अभावको सामना गर्नुपर्ने अवस्था आइपर्दछ। यदि कुनै व्यवसायले कामदारहरूको ज्याला वा तलब बढाउँछ र मूल्यहरू बढाए बापत नाफा मार्जिन कायम राख्ने प्रयास गर्दछ भने, त्यो निर्मित मुद्रास्फीति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x