के हाे त eSIM ?

eSIM को अर्थ एम्बेडेड सिम (इम्बेडेड सिम) वा (इम्बेडेड सब्सक्राइबर आइडेन्टिटी मोड्युल) हो। यो भर्चुअल सिम कार्ड हो, जुन फोनमा चिपको रूपमा इम्बेड गरिएको हुन्छ,र  यो फोनसँग जोडिएको हुन्छ। यसले सफ्टवेयरको मद्दतले काम गर्छ।
 
सरल शब्दमा भन्नुपर्दा, eSIM कार्ड फोनको आन्तरिक भण्डारण जस्तै हो। जसमा तपाईँले कुनै पनि डाटा राख्न सक्नुहुन्छ। यो सिम कार्ड तपाईँले एउटा फोनबाट निकालेर अर्को फोनमा राख्न सक्नुहुन्न।  यदि तपाईँ आफ्नो फोन बेच्दै हुनुहुन्छ भने, त्यसमा रहेको eSIM भएको नम्बरलाई निष्क्रिय गरेर, तपाईँले यसलाई अर्को फोनमा सक्रिय गर्न सक्नुहुन्छ। 
 
ई-सिमले कसरी काम गर्छ?
जब तपाईँले eSIM सपोर्ट गर्ने  फोन किन्नु हुन्छ, त्यसमा रहेको e-SIM पुरै खाली हुन्छ। यसलाई सक्रिय गर्न तपाईँले आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्दछ। सेवा प्रदायकले तपाईँलाई QR कोड दिन्छ, जुन  स्क्यान गर्ने बित्तिकै सक्रिय हुन्छ।
 
eSIM का फाइदाहरू
भविष्यमा हरेक स्मार्टफोनमा eSIM मात्र देखिनेछ। eSIM का धेरै फाइदाहरू हुन सक्दछन् जस मध्य केही फाइदाहरू निम्न प्रकारका छन्। 
  • स्पेस बचत: ई-सिमको कारणले फोनमा मा कुनै छुट्टै सिम कार्ड ट्रे आवश्यक पर्दैन । यसले ठाउँको बचत गर्छ र यो बाँकी ठाउँ अन्य महत्त्वपूर्ण कुराको  लागि प्रयोग गर्न सकिन्छ।
  • एन्टी थेफ्ट: यो ई-सिम कार्डको सबैभन्दा ठुलो फाइदा हो। यो न त हराउन सक्छ न चोरी हुन सक्छ। यदि फोन चोरी भयो भने  चोरले फोनबाट सिम कार्ड हटाउन सक्दैन। यसले गर्दा फोनेलाई ट्र्याक गर्न सजिलो हुन्छ।  
  • कम ब्याट्री खपत: e-SIM सफ्टवेयरको मद्दतले काम गर्दछ। त्यसैले यसले भौतिक सिम कार्डको तुलनामा कम ब्याट्री खपत गर्छ।
  • नेटवर्क स्विचिंग: ई-सिमको मद्दतले, सेवा प्रदायक परिवर्तन गर्न धेरै सजिलो छ। 
 
नेपालमा अहिले नेपाल टेलिकम ले eSIM वितरण गर्न सुरु गरी सकेको छ। र अब चाडै Ncell ले पनि पक्कै यो सेवा सुरु गर्ने छ।  हामीले नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गरी eSIM सेवा लिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x