ग्लोबल आइएमई बैङ्क लि द्वारा नेपालको कर प्रणाली र डिजिटल बैङ्किङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन



ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लि.ले मिति २०७५ साल मसिंर ४ गते मङ्गलवार गोङ्गबु क्षेत्रमा क्रियाशील होटेल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैङ्किङ सम्बन्धी वित्तीय साक्षरता एवं  अन्तरक्रिया  कार्यक्रमको आयोजना गरेको थियो । 
गोङ्गबु क्षेत्रमा क्रियाशील होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैङ्किङ क्षेत्रमा देखा परेका विभिन्न आयामहरूको बारेमा जानकारी गराउने उद्देश्यले बैङ्कले उक्त कार्यक्रमको आयोजना गरेको थियो । 
उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रूपमा काम गर्दै आएका चार्टर्ड अकाउटेन्ट श्री शेष मनि दाहालले नेपालको कर प्रणालीका विषयमा व्यवसायीहरूलाई जानकारी गराएका थिए । सोही विषयमा त्यहाँ उपस्थित होटेल व्यवसायीहरू बिच केहिबेर अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन भएको थियो । साथै सोही कार्यक्रममा नेपालको डिजिटल बैङ्किङ क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैङ्क लि. का सूचना प्रविधि विभाग प्रमुख श्री अनिल जोशीले जानकारी गराएका थिए ।  
ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ वटा शाखा, १५ वटा राजश्व सङ्कलन काउन्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा १०४ शाखा रहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुक्त भाईवर बैङ्किङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x