आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center Pvt. Ltd बिच सेवामा छुट सम्बन्धि सम्झौता



ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई STEM Center बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological Product मा १५% सम्म छुट प्राप्त हुने कम्पनीले जनाएकाे छ । सोही अवसरमा STEM Center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी Test लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले STEM Center सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x