ई–कमर्स प्लेटफर्म बिजबजारमा Distributors र Dealers को आवश्यकता



ज्ञानमाण्डू। आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी (BizBazar Limited) बिजबजार लि. लाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो। बिजबजार व्यवस्थित, डिजिटल-मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ।

छरिएका प्रत्येक व्यवसाय र सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरिनुपर्छ, जसले उनीहरूलाई आफ्नो पहुँच र उद्देश्यहरू विस्तार गर्न डिजिटल र स्वतन्त्र रूपमा काम गर्ने माध्यम मात्र नभई सहकर्मीको रूपमा आवश्यक साथ र सहयोग गर्न सकोस् भन्ने विश्वासका साथ बिजबजार अगि बढिरहेको छ।

अनलाइन सपिङलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजारले प्रदान गर्ने सेवाहरूमा अनुसन्धान तथा सुधारात्मक कार्य गर्दै आइरहेका छन् । यस ई–कमर्स प्लेटफर्मबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गकाे प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् भने बिजबजार प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउन समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने कम्पनीको प्रतिबद्धता रहेको छ ।

अतः नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारलाई काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाहरूका लागी Distributors र उक्त जिल्लाका पालिकाहरूका लागी Delaers को आवश्यकता भएकाले, कम्पनीले इच्छुक व्यक्ति तथा संस्थाहरूलाई तल दिइएको फर्म मार्फत विवरण पेस गर्न अनुरोध गरेको छ।

Distributors का कार्यहरू:

१) Dealers नियुक्त गर्ने र उनीहरूलाई आवश्यक तालिम दिने।
२) कम्पनीको प्रचार प्रसार गर्ने।
३) कम्पनीले सञ्चालन गर्ने नियमित कार्यक्रममा सहभागी हुने।
४) Dealers हरूको क्रियाकलाप तथा गतिविधिहरूको निरीक्षण गर्ने।
५) आफ्नो क्षेत्रमा बजार योजना बनाउने।

Dealer का कार्यहरू:

१) BIC नियुक्त गर्ने तथा उनीहरूलाई आवश्यक तालिम दिने।
२) कम्पनीको प्रचार प्रसार गर्ने।
३) कम्पनीले सञ्चालन गर्ने नियमित कार्यक्रममा सहभागी हुने।
४) BIC हरूको क्रियाकलाप तथा गतिविधिहरूको निरीक्षण गर्ने।
५) आफ्नो क्षेत्रमा बजार योजना बनाउने।

सम्पर्क नं. ९८०२३४५०२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x