ज्ञानमाण्डू।प्राइम कमर्सियल बैङ्कले ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । एक्विजिसन सम्बन्धी साझेदारी पत्रमा (जेठ २५ गते) शनिवार हस्ताक्षर भइसकेको छ । प्राइमसँग मर्जरमा जाने सहमतिसँगै ललितपुर फाइनान्सको शेयर कारोबार पनि रोक्का भएको छ ।
त्यस्तै बैङ्कले गत बुधवार (जेठ २२ गते) कन्काई विकास बैङ्कलाई एक्वायर गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।

