सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल


ज्ञानमाण्डू। सनराइज बैङ्कले सो बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ। यस अघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त निरज श्रेष्ठले विवादका बिच काम गर्न पनि असहज हुने र बैङ्कको साखमा समेत प्रतिकुल असर पर्ने हुँदा आफू नआउने भनी बैङ्कलाई जानकारी गराए लगत्तै शर्मा आजै सो पदमा नियुक्त भएका हुन्। 
नबिल बैङ्कबाट ३० वर्ष अघि बैङ्किङ करियर सुरु गरेका शर्माले नबिलमा ११ वर्ष काम गरेपछि एनआइसी एसिया (तत्कालीन एनआइसी बैङ्क) सो पश्चात् लक्ष्मी बैङ्कमा काम गरेका थिए। लक्ष्मी बैङ्कमा एक वर्ष काम गरेपछि अध्ययनका लागि लन्डन पुगेका शर्माले लन्डनमा अध्ययनसँगै त्यहाँको बैङ्कमा पनि काम गरेको अनुभव सँगालेका छन्। 
काठमाडौँ फर्केर ग्लोबल आइएमई बैङ्क (तत्कालीन ग्लोबल बैङ्क) मा सहायक महाप्रबन्धकका रूपमा काम गर्न सुरु गरेका उनी त्यहाँ नायव प्रमुख कार्यकारी हुँदै प्रमुख कार्यकारी अधिकृत बनेका थिए। ग्लोबल आइएमईबाट करिब ६ महिना अघि राजीनामा दिएर बाहिरिएका उनको कुलिङ पिरियड आउँदो साउन ८ गते सकिँदै छ।
जनक शर्मा पौड्याल बैंकिंग समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका बैंकरको रूपमा समेत परिचित छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x