देवघाटमा पाँच लाख भक्तजनबाट स्नान

ज्ञानमाण्डू।पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा पाँच लाख भक्तजनले स्नान गरेका छन् । तनहु, चितवन र नवलपुरको सङ्गमस्थलमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेको जनाइएको छ । 

देवघाट क्षेत्र विकास समितिका अनुसार स्नान गर्र्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आइपुगेका जानकारी दिए । “देवघाटको महत्व र गरिमालाई बुझेर देश तथा विदेशबाट आएका भक्तजनले मेला भरेका छन्”, पौडेलले भने, “करीब पाँच लाख भक्तजन देवघाट आएको अनुमान छ ।” 

दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्म देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहु, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो । भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

यहाँ लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ । 

रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ । त्यस्तै पाल्पाका तत्कालीन राजा मणिमुकन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए । देवघाटमा मणिमुकुन्द सेन उद्यानसमेत छ । माघे सङ्क्रान्तिबाट ज्योतिषको गणनाअनुसार सूर्य धनु राशिबाट मकर राशिमा गएको र पद्मपुराणका अनुसार सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने विश्वास रहँदै आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x