महत्वपूर्ण उपलब्धिका एक महान व्यक्तित्व, अब्राहम लिंकनका यि हुन् प्रसिद्ध भनाइहरु


ज्ञानमाण्डू।अब्राहम लिंकन संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति थिए साथै उनी युनियनका उद्धारकर्ता र दासहरूको मुक्तिदाताको भूमिकाका कारण अमेरिकाका सबैभन्दा महान् नायकहरू मध्ये एक मानिन्छन् । उनको नम्र शुरुआतबाट मुलुकको उच्च पदाधिकारीसम्म उठेको कथा निकै उल्लेखनीय र अद्भुत, रहेको छ । 

लिंकनको हत्या त्यस समयमा भएको थियो जब उनको देशलाई राष्ट्र पुन:एकीकरणको महान् काम सफल पार्न उनको निकै आवश्यकता रहेको थियो। उनको प्रजातन्त्रको स्पष्ट समर्थन र संघीयताले सबै देशहरूले प्राप्त गर्न खोज्ने आत्म शासनको आदर्शलाई बचाउनु उचित रहेको विषयले मूर्त रूप लिन सफल भएको थियो ।एक आक्रामक रूपले सक्रिय कमान्डर-इन-चीफ, लिंकनले गृहयुद्धमा विजय हासिल गर्न र संयुक्त राज्य अमेरिकामा दासत्वको अन्त्य गर्न हरेक शक्ति प्रयोग गरे।

लिंकनलाई इतिहासकारहरू र औसत नागरिकहरूले प्रायः अमेरिकाको महान् राष्ट्रपतिको रूपमा उद्धृत गर्ने गरेका छन् । इतिहासकार माइकल बर्लिंगेमका अनुसार,"अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले यती ठुलो सङ्कटको सामना गर्नु परेन र कुनै पनि राष्ट्रपतिले त्यति ठुलो काम गर्न सकेनन्।"

महत्वपूर्ण उपलब्धिहरुका एक महान व्यक्तित्व,एक उदार सोच र भावनाका व्यक्तित्व, अब्राहम लिंकनका यि हुन् १५ प्रसिद्ध भनाइहरु:

१. मलाई एउटा रूख काट्न छ घण्टा समय दिनुहोस् र म पहिलो चार घण्टा कुल्हाडी(बन्चरो) तिखार्न खर्चनेछु ।  

२. ऊसँग आलोचना गर्ने अधिकार छ, जोसँग मद्दत गर्ने हृदय छ। 

३. केवल ती वस्तुहरू प्रतीक्षा गर्नेहरु माझ आउन सक्छन्, जुन परिश्रम गर्नेहरू द्वारा छोडिएका हुन्छन् । 

४. मैले सधैँ फेला पारेको छु कि, करुणाले कडा न्याय भन्दा समृद्ध फल दिन्छ।

५. ठुलो चिन्ता यो होइन कि तपाईँ असफल हुनुभयो, तर तपाईँ आफ्नो विफलतामा सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? मूल चिन्ताको विषय यो हो । 

६. तपाईँको भविष्यको भविष्यवाणी गर्ने उत्तम तरिका यसलाई आफै सिर्जना गर्नु हो।

७. चरित्र एउटा रूख जस्तै हो र यसको छाया प्रतिष्ठा।छाया भनेको हामी भित्रको सोच हो भने रूख वास्तविक चीत्रण हो। 

८. पहिला निश्चित गर्नुहोस् कि तपाईँले आफ्नो खुट्टा सही ठाउँमा राख्नु भएको छ, त्यसपछि सोहि ठाउँमा दृढ भएर खडा रही रहनुहोस्। 

९. सत्य हो, म एक सुस्त हिँड्ने व्यक्ति हु, तर म कहिले पछाडि हिँड्ने छैन।

१०. लगभग सबै पुरुषहरू कठिनाइहरूको सामना गर्न सक्दछन्, तर यदि तपाईँ कुनै व्यक्तिको चरित्रको परीक्षण गर्न चाहनुहुन्छ भने, उसलाई शक्ति दिएर नियाल्नुहोस्।

११. म तयार रहनेछु र एक दिन मेरो मौका आउनेछ।

१२. जनताको , जनताका लागि र जनताद्वारा निर्मित सरकार, पृथ्वीबाट कहिल्यै नाश हुने छैन।

१३. जो मानिसमा नराम्रो खोज्दछन्, उनीहरूले नकारात्मक अवश्य भेट्नेछन्।

१४. जो अरूको स्वतन्त्रता अस्वीकार गर्दछ, उ आफै स्वतन्त्रताको योग्य हुँदैन।

१५. म आज सफल भएको छु किनकि ममा विश्वास गर्ने एक जना साथी थियो, र उसलाई निराश पार्ने मेरो हृदय थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x