ज्ञानमाण्डू। जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता सेयरकाे आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको कम्पनीले जनाएकाे छ ।

सर्वसाधारण लगानीकर्ताले १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ ।
पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयमा १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस आइपीओ निष्कासनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेका छन् ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन दिन सक्नेछन भने सबै शेयरमा आवेदन नआए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन् ।