

ज्ञानमाण्डू। सनराइज बैंकका ग्राहकले पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात् बैंकका ग्राहकले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरीजन्य सामग्री, सौना र पुल सुविधाको भुक्तानी सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट गर्दा छुट पाउने भएका छन् ।