साना उद्योग र कृषि व्यवसायमा सहुलियतपूर्ण कर्जाका लागि मेगा क्यापिटलकाे परामर्श सेवा

mega bank 

ज्ञानमाण्डू। साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक, मेगा क्यापिटल, बेनीघाट रोराङ गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघबीच चौपक्षीय सहमति भएको छ । उक्त सहमतिपत्रमा मेगा बैंकका तर्फबाट लघु तथा कृषि कर्जा प्रमुख पुण्यप्रसाद खनिया, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, बेनीघाट रोराङ गाँउपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

 

सम्झौता अनुसार मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुलाई व्यवसाय एवं कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिनेछ । दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका कार्य र बैंक कर्जाका लागि आवश्यक कागजातहरु पनि तयार गरिदिनेछ ।


यस्तै, आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायीको प्रतिनिधित्व गरी कर्जा स्वीकृति प्रक्रियामा सहयोग गर्नेछ । यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा बिस्तारमा सहयोग पुग्नेछ । साथै, यसबाट उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x