बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लेभी रेस्टुराँमा १०% छुट

ज्ञानमाण्डू।बैंक अफ काठमाण्डू र लेभी रेस्टुराँ बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको बैंकल जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेको बैंकले उल्लेख गरेको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले लेभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाइनेछ बैंकले जनाएको छ। 

बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको व्यहोरा यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x