सुनको मूल्यमा प्रतितोला ४ सय गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २९ गते, बिहिबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहिबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x