धितोपत्र बजारमा ४१.३० अंकको वृद्धि, नेप्से परिसूचक २५७०.२५ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ३० अंकले बढेर २५७० दशमलव २५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ०६ अंकले बढेर ४५५ दशमलव ९५ को विन्दुमा पुगेको छ ।



आज कूल २०८ कम्पनीका १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर रु ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ मा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २२ दशमलव ५५ अङ्कले बड्दा ट्रेडिङ उपसमूह ३८१ दशमलव ११ अङ्कले होटल तथा पर्यटन १७८.५६ अङ्कले, विकास बैंक २१.२८ अङ्कले, वित्त २२.३ अङ्कले, निर्जीवन बीमा २२१.०४ अङ्कले, उत्पादन ५१.६७ अङ्कले, अन्य उपसमूह २०.४१ अङ्कले, लघुवित्त १२२.४७ अङ्कले, जीवन बीमा १४१.२२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २५ अङ्कले र लगानी उपसमूह ४ दशमलव ९३ अङ्कले बढ्दा जलविद्युत् १४ दशमलव ९५ अङ्कले घटेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x