
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, बैशाख ८ गतेका दिन नारायणी डेभेलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नारायणी डेभेलपमेन्ट बैंकको कुल ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

नारायणी डेभेलपमेन्ट बैंक लिमिटेडले गत माघ १३ देखी फागुन ३ गतेसम्मका लागि आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ १०० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको थियो । बैंकको सोहि हकप्रद शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।