आइएमई अटोमोटिभ्सलाई एस्कर्टस लिमिटेड इन्डियाद्वारा ‘बेस्ट पर्फमिङ् व्यापार’ अवार्ड प्रदान



ज्ञानमाण्डू।एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रम बीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेस पार्टनरको रुपमा सम्मानित गरिएको चोमप्न्य्ले उल्लेख गरेको छ ।

अघिल्लो वर्षमा आइएमईले गरेको मार्केट सेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्रान्डलाई नेपालमा स्थापित गर्न ठूलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत पुरानिकले बताए । बेस्ट पर्फमिङ अवार्ड आइएमई अटोमोटिभ्स टिमको मिहिनेत र कुशल कार्यक्षमताका कारण प्राप्त गर्न सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x