साहस उर्जा लिमिटेडको आईपीओ बिक्री खुला, हेर्नुहोस् कति दिने आवेदन ?



ज्ञानमाण्डू।साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि आज मिति २०७८ साल आश्विन ६ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि कुल ६४ लाख ४० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

साहस उर्जा लिमिटेडले आफ्नो कूल जारी पूँजी ३ अर्ब ५० करोड रुपैंयाको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले १ करोड ५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो। जस मध्ये कूल जारी पूँजीको १०% अर्थात् ३५ करोड रुपैंया बराबरको ३५ लाख कित्ता साधारण शेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक चरणमा निष्कासन गरिसकेको छ। 

बाँकी रहेको २०% अर्थात् ७० करोड रुपैंया बराबरको ७० लाख कित्ता मध्ये कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ३% अर्थात् २ लाख १० हजार कित्ता तथा ५% अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ६४ लाख ४० हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको छ ।

साहस उर्जा कम्पनीको आईपीओमा छिटोमा आश्विन १० गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आईपीओ ढिलोमा आश्विन २० गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

यस साहस उर्जा लिमिटेडलाई क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि.ले मिति मिति २०७७/०६/२१ मा “समयमा वित्तीय दायित्व पुरा गर्न चुक्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP -IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus)" प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८/०६/२० सम्म रहनेछ ।

  • कति दिने आवेदन ?

यस अघि निष्काशन तथा बाँडफाँड भएको तेह्रथुम पावर कम्पनी लिमितेडको आईपीओ तथ्याङ्कलाई अधार मान्ने हो भने उक्त कम्पनीको आईपीओमा कुल २३ लाख ४६ हजार ६२७ जना लागानिकर्ताले आवेदन दिएका थिए। हिजो आज निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा लागानिकर्ताहरुको ठुलै चाँप हुने गरेको छ भने निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा आवेदन दिने लागानिकर्ताहरुको संख्याले रेकर्ड बनाउँदै आइरहेको छ। 

यता, साहस उर्जाले तुलनात्मक रुपमा पछिल्लो समय खुलेका हाइड्रोपावर कम्पनीको भन्दा धेरै संख्यामा शेयर खुला गर्न लागेको छ । यस विषयलाई आधार मान्ने हो भने साहस उर्जा लिमिटेडको आईपीओमा पनि कम से कम २४ लाख अधिक लागानिकर्ताले आवेदन दिने पक्का पक्कि जस्तो नै दखिन्छ। कम्पनीले निष्काशन गर्न लागेको कुल ६४ लाख ४० हजार कित्ता आईपीओ र २३/२४ लाख लागानिकर्ताको माग समान नहुने हुँदा, यस कम्पनीको आईपीओमा १० कित्ताका लागी आवेदन दिनु नै वुद्धिमणी हुने देखिन्छ। 

कम्पनीले निष्काशन गर्न लागेको कुल ६४ लाख ४० हजार कित्ता आईपीओलाई आधार मान्दा ६ लाख ४४ हजार जना लगानीकर्ताले १० कित्ता पाउने देखिन्छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x