मनकामना स्मार्ट लघुवित्तको प्रथम लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद लाभांश ?


ज्ञानमाण्डू।मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक १६ गते, मंगलबारका दिन बसेको सञ्चालक समितिको ६६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १७ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैंयाको १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैँया बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

साविक मनकामना लघुवित्त वित्तीय संस्था लि. र साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लि. बीच गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भै मिति २०७७/०४/११ देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हुँदा आयकर ऐन २०५८ को दफा दफा ४७ (क) उपदफा ५ मा भएको व्यवस्था बमोजिम घोषित बोनश शेयरमा लाभांश कर छुटको व्यवस्था भएकाले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको लघुवित्तले जानकारी दिएको छ । जस अनुसार लघुवित्तका शेयरधनीहरुले प्राप्त लाभांशमा कर तिर्नु पर्ने छैन। 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्न लागेको प्रथम लाभांश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x