सूर्यका केही रोचक तथा अनौठा तथ्यहरू

 

 

ज्ञानमाण्डू। यदि यो ब्रह्माण्डमा सूर्यको अस्तित्व नभएको भए पृथ्वीमा जीवनको कुनै सम्भावना नै हुने थिएन। सूर्यले हाम्रो सौर्य मण्डलका सबै ग्रहहरूलाई एक परिवारको रूपमा बाँधेर राखेको छ। हामीलाई सधैँ प्रकाश दिएर हाम्रो जीवनलाई सम्भव बनाएको सूर्यले अबका अर्बौँ वर्ष सम्म पनि पृथ्वीलाई प्रकाश प्रदान गरिरहने छ। त्यसैले आउनुहोस् आज सूर्यको बारेमा रोचक तथा अनौठा जानकारी पढौँ। 

१. यदि सूर्यको आकार एउटा फुटबल जत्रो भयो भने पृथ्वीको आकार एउटा केराउको दाना जत्रो हुनेछ। अब तपाईँले अनुमान लगाउन सक्नुहुन्छ कि सूर्य हाम्रो ग्रह भन्दा कति ठुलो छ। 

२. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट र १७ सेकेन्ड समय लाग्दछ, जबकि प्लुटो सम्म यसको प्रकाश पुग्न ५ घण्टा ३० मिनेटको समय लाग्दछ।

३. सूर्य पूर्ण रूपमा ग्यासबाट बनेको छ, याे ७२% हाइड्रोजन, २६% हिलियम र २% कार्बन तथा अक्सिजन लगायत अन्य तत्त्व बाट बनेको छ। 

४. प्रति सेकेन्ड सूर्यमा ७० मिलियन टन हाइड्रोजन ६९.५ मिलियन टन हिलियम प्रकाशमा परिवर्तन भइरहेको हुन्छ। 

५. अचम्मको कुरा के छ भने सूर्यको तौल प्रति सेकेन्ड ५० लाख टन ले कम भई रहेको छ। 

६. सूर्यको भित्री भागको दबाब पृथ्वीको वायुमण्डलको भन्दा ३४० अर्ब गुणा धेरै हुन्छ। र यो भित्री भागको घनत्व यहाँको पानीको भन्दा १५० गुणा बढी हुन्छ। 

७. पृथ्वीको क्षेत्रफल भन्दा सूर्यको क्षेत्रफल ११ हजार ९९० गुणाले बढी छ। 

८. सूर्यको बाहिरी सतहको तापक्रम करिब ५५००°c छ तर यसको भित्री भागको तापक्रम भने करिब १ करोड ३१ लाख °c छ। 

९. सूर्यमा भारी मात्रामा तुफान उत्पन्न हुन्छ जसमा इलेकट्रोन अनि प्रोटोनका कणहरू हुन्छन्। तुफानि हावाको गति ४५० किमी प्रति सेकेन्ड हुन्छ, जस कारण यसका इलेकट्रोन अनि प्रोटोन कणहरू सूर्यको शक्तिशाली गुरुत्वाकर्षण बलबाट पनि बाहिर निस्कन्छन्। यो पनि थाहा पाउनुस् कि सूर्यको गुरुत्वाकर्षण बल पृथ्वीको भन्दा २८ गुणा बढी छ। 

१०. हाम्रो सौर्य मण्डलको सबै भन्दा ठुलो पिण्ड सूर्य नै हो तर करिब ७ अर्ब ९० करोड सालपछि यसको आकार शुक्र ग्रह जत्रो हुनेछ। अहिले सूर्यमा करिब १३ लाख पृथ्वी अटाउन सक्छन्। 

११. हाम्रो पृथ्वीलाई प्रकाशमय बनाउने सूर्य हामी भन्दा १५१.७९ मिलियन किलोमिटर टाढा रहेका छ। 

१२. सूर्यको अनुमानित उमेर करिब ४.६ अर्ब वर्ष हो। 

१३. प्रत्येक सेकेन्ड सूर्यबाट उत्पन्न हुने ऊर्जा करिब १ खर्ब शक्तिशाली परमाणु बमको ऊर्जा बराबर हुन्छ। 

१४. सूर्यले पूर्वदेखि पश्चिमतिर करिब २७ दिनमा आफ्नो अक्षमा घुम्ने गर्दछ। 

१५. संस्कृत भाषामा सूर्यका १०८ नाम रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x