ज्ञानमाण्डू। २३ वटा वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७८/७९ को दाेस्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैङ्क, एनआईसी एशिया बैङ्क र नबिल बैङ्क गरी २ अर्ब माथि नाफा कमाएका ३ वटा वाणिज्य बैंकहरुलाई दाेस्राे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे १८ अर्ब ४९ करोड रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
निक्षेप संकलन: २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एनआईसी एशिया बैंक अगाडि रहेको छ भने ग्लोबल आइएमई बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ र नबिल बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
कर्जा लगानी: नबिल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकले २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने एनआईसी एशिया बैंकले २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।
खुद ब्याज आम्दानी: एनआईसी एशिया बैंकले व्यवसाय विस्तारबाट ग्लोबल आइएमई बैंक र नबिल बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। एनआईसी एशिया बैंकले ५ अर्ब २४ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ४ अर्ब ७९ करोड रुपैयाँ र नबिल बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
नाफा: ग्लोबल आइएमई बैंकले सबै भन्दा बढि २ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने एनआईसी एशिया बैंकले २ अर्ब ४० करोड रुपैयाँ र नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
Click here to join Gyanmandu.com's Viber Community
जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा १४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको ९ अर्ब २१ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ८ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
संचित मुनाफा: एनआईसी एशिया बैंकको संचित मुनाफा २ अर्ब ७८ कराेड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंककाे संचित मुनाफा १ अर्ब ४८ कराेड रुपैयाँ र नबिल बैंकको ९६ करोड २० लाख रुपैयाँ रहेको छ ।
वितरण याेग्य मुनाफा: ग्लोबल आइएमई बैंककाे सबै भन्दा बढि १ अर्ब ४८ कराेड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने नबिल बैंकको १ अर्ब ४५ कराेड रुपैयाँ र एनआईसी एशिया बैंककाे ८५ करोड ९३ लाख रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।
निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ४७ प्रतिशत देखिन्छ भने नबिल बैंकको १ दशमलव ११ प्रतिशत र ग्लोबल आइएमई बैंकको १ दशमलव १३ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।
प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा र नबिल बैंककाे प्रति शेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा सहित अघि छ ।
मूल्य आम्दानी अनुपात: पछिल्लाे काराेबार मूल्य ग्लोबल आइएमई बैंकको रू ३४१, एनआईसी एशिया बैंकको रू ९१७ र नबिल बैंकको रू ११७८ काे आधारमा ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १५.२३ गुणा र एनआईसी एशिया बैंकको २२.०८ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात ४९.९४ गुणा रहेकाे छ ।
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।