धितोपत्र बजारमा १७.४२ अंकको वृद्धि, नेप्से परिसूचक २७३५.९३ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २७३५ दशमलव ९३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३६ अंकले बढेर ५२३ दशमलव १५ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य दुई उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह ८ दशमलव ३२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १३ दशमलव ६४ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४.७५ अङ्कले, विकास बैंक उपसमूह ७०.०५ अङ्कले, जलविद्युत उपसमूह २७.५६ अङ्कले, वित्त उपसमूह ४३.९१ अङ्कले, निर्जीवन बीमा १२८.०२ अङ्कले, अन्य उपसमूह ४६.९२ अङ्कले, लघुवित्त उपसमूह १५.८१ अङ्कले, जीवन बीमा उपसमूह ७.०८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले बढेका छन् । यता, उत्पादन उपसमूह १८ दशमलव ७१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १५ अङ्कले घटेकाे छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x