
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले दुई संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारणसहित सबै योग्य लगानीकर्ताले खरिद गर्न सक्ने गरी बिक्री प्रक्रिया सुरु गरेको हो।
लिलाममा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता तथा इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर रहेको कम्पनीले जनाएको छ।
कम्पनीले उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि वा १० को गुणाङ्कमा शेयर माग गर्न सक्ने व्यवस्था गरिएको छ।
लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले आगामी असार ७ गतेभित्र आवेदन पेस गरिसक्नुपर्नेछ। आवेदन फाराम तथा आवश्यक कागजात बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कमलादीस्थित कार्यालयमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।
