नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैङ्कमा कार्यरत कर्मचारीहरूलाई पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैङ्कमा कार्यरत कर्मचारीहरूलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १०% देखि ३५% सम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रा.लि. को तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैङ्कमा कार्यरत कर्मचारीहरूलाई डालिया होटेल प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुनेछन् ।
नेपाल बैङ्क र डालिया होटेल प्रा.लि. बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
