
नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा मात्र ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम कानुन कार्यान्वयनका क्रममा गरिएका विभिन्न कारबाही तथा निर्णय कार्यान्वयनबाट उठाइएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अवैध मालसामान बरामदबाट सबैभन्दा धेरै, १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, अदालती फैसला कार्यान्वयनमार्फत १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ उठाइएको छ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घनविरुद्धको कारबाहीबाट ७ करोड १५ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने अवैध सुनचाँदी बरामदबाट ८९ लाख ४५ हजार ३९३ रुपैयाँ प्राप्त भएको छ।
प्रहरीका अनुसार हुन्डी कारोबार नियन्त्रणबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकमबाट ८५ लाख ९ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्नबाट २७ लाख ६४ हजार रुपैयाँ, अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ तथा अवैध पशुपक्षी कारोबारबाट ७ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
नेपाल प्रहरीद्वारा मङ्सिर महिनामा ४० करोड भन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
