जनकपुरलाई विवाह गन्तव्य बनाइने

धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकसित गरिने भएको छ ।

अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्य भूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्ल पक्ष पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी मेला लाग्छ । आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रमजानकीको शुभ विवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरूमा पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x