यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ५३ दशमलव ०१ अङ्कले बढेर २८१९ दशमलव १० को विन्दुमा कायम भएको छ।  आज कूल ३२१ कम्पनीहरूका १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर रु. ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा नेपाल हिमालयन रि इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६५ करोड ४२ लाख ७४ हजार २५५ बराबरको शेयर कारोबार भयो  त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रु. ५० करोड ५२ लाख ७६ हजार २७७ बराबरको शेयर कारोबार भएको छ।

यता, ग्रीन भेन्चर्स लिमिटेडको रु. ४६ करोड ५३ लाख ७९ हजार ४०७, हिमालयन डिष्टिलरी लिमिटेडको रु. ४३ करोड ४० लाख ७ हजार ६८१ र नेपाल रिपब्लिक मिडिया लिमिटेडको रु. २१ करोड १२ लाख १५ हजार ८८९ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x