नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासङ्घले निर्वाह गरेको भूमिका को प्रशंसा गर्नु भएको छ ।
बिहीबार महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसँगको भेटमा उहाँले उक्त धारणा राख्नु भएको हो ।
महासङ्घका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिक करणमा महासङ्घको भूमिका अनुकरणीय भएको बताउन भएको हो । साथै उहाँले सरकार र ट्रेड युनियनहरूको रचनात्मक भूमिका रहेको पनि बताउनु भयो ।
तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोस बिच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।
महासङ्घमा भएको भेटवार्ताका क्रममा महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजी करणका विषयमा चर्चा गर्नु भएको थियो ।
साथै उहाँले निजी क्षेत्रको प्रतिस्पर्धात्मकता क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताउनु भयो । “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नति हुँदा हामीसँग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौँ । ”अध्यक्ष ढकालले भन्नुभयो ।
नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक सङ्गठन बिच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासङ्घले सधैँ उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताउनु भयो ।
सो अवसरमा उहाँले स्तरोन्नति पछिको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक सहजी करणका लागी आइओई सधैँ सकारात्मक रहेको बताउनु भयो । नयाँ अवसरहरूमा नेपालका उद्यमीहरूलाई जोड्न पनि सहजी कराना गर्ने बताउनु भयो ।
सो अवसरमा महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्स्ना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासङ्घका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राज भण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बिच असल सम्बन्ध निर्माण तथा औद्योगिक वातावरणका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरूको सङ्गठन (आइओई) विश्वकै सबैभन्दा ठुलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरूको सङ्गठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासङ्घ आइओइको सदस्य हो ।
आइओइ महासचिव सान्तोस र महासङ्घका अध्यक्ष पदाधिकारीबिच भेटवार्ता औद्योगिक सम्बन्ध सुधारमा महासङ्घको भूमिकाको प्रशंसा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
