बन्दीपुर केवलकारको पहिलो चरणको आइपीओ निष्काशन सुरु, क-कसले भर्न सक्छन् ?

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आज साउन ६ गतेदेखि आफ्नो पहिलो चरणको आइपीओ बिक्री खुला गर्ने भएको छ। नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएकाे साे कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका साथ सेयर निष्कासन सुरु गरेको हो।

५८ करोड ६० लाख बराबरको सेयर निष्काशन

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ। सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता

आयोजना प्रभावित क्षेत्र अन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार ५०० कित्ता सेयर छुट्याइएको छ। इच्छुक स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आवेदन स्थानहरू:

  • तल्लो स्टेशन (बन्दीपुर केवलकार)

  • आँबुखैरेनी गाउँपालिका कार्यालय

  • भानु नगरपालिका वडा नं. १ कार्यालय

  • पालुङटार नगरपालिका वडा नं. ७ कार्यालय

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार कित्ता

सर्वसाधारणका लागि छुट्याइएको ५२ लाख ९४ हजार कित्तामध्ये १० प्रतिशत, अर्थात् ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। उनीहरूले पनि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन प्रक्रिया:
धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र CDSC को मेरो शेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

निष्कासन बन्द मिति

  • स्थानीयका लागि:
    छिटोमा साउन २० गते, ढिलोमा भदौ ४ गतेसम्म

  • वैदेशिक रोजगारका लागि:
    छिटोमा साउन ९ गते, ढिलोमा भदौ २० गतेसम्म (बैंकिङ समयपछिसम्म)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x