गिष्मकालिन हिल स्टेसन वसन्तपुर पाल्पामा थप एड्भेञ्चरका रूपमा घोडा सवारीको सुरुवात गिष्मकालिन हिल स्टेसनको रूपमा विकसित लुम्बिनी केबलकारको टप स्टेसन तिनाउ -३ पाल्पा वसन्तपुरमा थप एड्भेन्चर अन्तर्गत पर्यटकहरूलाई घोडा सवार यात्राको सुरुवात गरिएको छ। यस अघि केबलकारको यात्रा गरी टप स्टेसनमा जाने पर्यटक यात्रुहरूलाई लक्षित गरी एड्भेञ्चर कार्यक्रम अन्तर्गत जिप लाइन, स्काई साईक्लिङ्ग, कपल स्विङ्ग, जाईन्ट स्विङ्ग, लगायतका एड्भेञ्चर गतिविधि रहेकोमा थप कार्यक्रम अन्तर्गत पर्यटक- हरूलाई घोडा सवार यात्राको शुभारम्भ गरिएको लुम्बिनी केबलकारको अपरेसन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
लुम्बिनी केबलकारको बटम स्टेसन बुटवल उपमहानगरपालिका वडा नं.-३ गोलपार्क केबलकार चोकमा अवस्थित छ भने टप स्टेसन तिनाउ - ३ पाल्पा वसन्तपुर समुद्री सतहबाट १ हजार मिटरको उचाइमा रहेको छ । वसन्तपुरको उचाइबाट मनोरम प्राकृतिक दृश्यहरूको दृश्यावलोकन गर्न सकिने र मौसम सफा भएको समयमा उत्तरतर्फको अन्नपूर्ण र मनासलु हिम शृङ्खला र दक्षिण तर्फ गौतम बुद्धको जन्मस्थल लुम्बिनी एवं तराईको समथर भूभाग हुँदै भारत उत्तर प्रदेश सम्मको दृश्यावलोकन गर्न सकिने लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
टप स्टेसनको मौसममा विविधता
लुम्बिनी केबलकारको बटम तथा टप स्टेसनको भौगोलिक उचाइको कारण मौसममा समेत विविधता रहेको छ। टप स्टेसन वसन्तपुरमा गिष्मकालिन समयमा बटम स्टेसन र आसपास क्षेत्रमा भन्दा १० डिग्री तापक्रम कम हुने गरेको छ । बटम स्टेसनमा ४०-४२ डिग्री तापक्रम हुँदा टप स्टेसनमा २८ - ३० डिग्री तापक्रम हुने गर्दछ । वसन्तपुर पहाडको चुचुरोबाट चारैतिरको खुल्ला दृश्यावलोकन हरियाली वनजंगल समय - समयमा प्रवाह हुने प्रकृतिको चिसो हावाले शीतलताको अनुभूति दिन्छ भने असार, साउन र भाद्र महिनाभर करिब १-२ घण्टाको समयमा घरीघरी लाग्ने घाम र कुहिरोले प्रकृतिको आनन्दको अनुभूति गराउने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ।
भारतीय पर्यटकको आकर्षक गन्तव्य
पछिल्लो समय लुम्बिनी केबलकार भारतीय पर्यटकहरूको लागि आकर्षक गन्तव्य बन्न पुगेको छ। विशेष गरी भारत उत्तर प्रदेशका पर्यटकहरूको मुख्य आकर्षक गन्तव्यको रूपमा लुम्बिनी केबलकार देखा परेको छ । विषेशगरी शनिवार र आइतबार साप्ताहिक बिदाको रूपमा परिवार सहित घुमफिर गर्नका लागि भारतीय पर्यटक लुम्बिनी केबलकारमा आउने गरेको लुम्बिनी केबलकार लिमिटेडमा म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
राजश्वमा केबलकारको योगदान
उद्योग एवं व्यवसायको बिस्तार सँगै राज्यको आम्दानीको स्रोत पनि बढ्ने गर्दछ । पर्यटन उद्योगको रूपमा स्थापित लुम्बिनी केबलकारको सञ्चालन सँगै स्थानीय तथा देशको राजश्वमा पनि केबलकारले योगदान पुर्याउदै आएको छ । लुम्बिनी केबलकारको प्रति टिकटमा मूल्य अभिवृद्धि करको साथसाथै २ प्रतिशत स्थानीय करको पनि व्यवस्था रहेको छ। उक्त स्थानीय कर मासिक समान रूपमा बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकामा बुझाउँदै आएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
वसन्तपुरमा घोडा सवारी सुरु, लुम्बिनी केबलकारमा नयाँ एड्भेञ्चर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en