सिटिजन्स बैङ्क: मोबाइल बैङ्किङ मार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सुविधा


सिटिजन्स बैङ्कले मोबाइल बैङ्किङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक  परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।

बैङ्कले ग्राहकहरूको लागी अब घरमै बसी बसी बैङ्कको मोबाइल बैङ्किङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था ल्याएको हो । सो सुविधा पश्चात् ग्राहकहरूले बैङ्कको शाखा कार्यालय नगई सहज र झन्झट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने  विश्वास बैङ्कले लिएको जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैङ्क अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैङ्कले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैङ्किङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x