रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफा २७.५६ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा कम्पनीले ३३ करोड ४२ लाख नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चौथौँ त्रैमास सम्ममा कम्पनीले ४२ करोड ६३ लाख नाफा कमाएको देखिन्छ ।
४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ९.१७ प्रतिशतले बढेर ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३२ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ४८ करोड ६० लाख कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ८४ पैसा छ र मूल्य आम्दानी अनुपात ६३.११ गुणा रहेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफामा २७.५६ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
