लुम्बिनी केबलकार र महालक्ष्मी विकास बैङ्क बिच केबलकार प्रवर्द्धन सम्बन्धी सम्झौता भएको छ । बैङ्कका कुनै पनि शाखामा कार्यरत कर्मचारीहरूले लुम्बिनी केबलकारको यात्रामा २० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनुभयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेसन म्यानेजर दिल्ली नारायण कायस्थ र महालक्ष्मी विकास बैङ्कको तर्फबाट डिपोजिट, मार्केटिङ तथा कर्पोरेट कम्युनिकेसन शाखा प्रमुख वसन्त बक्सिले हस्ताक्षर गर्नु भएको हो ।
लुम्बिनी केबलकार र महालक्ष्मी विकास बैङ्क बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%