पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटेल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ ।
मधेस प्रदेशको एक मात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटेल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटेल व्यवसायीले ठुलो लगानीमा होटेल तथा रिसोर्ट खोल्न थालेका हुन् ।
केही समय अघिसम्म दुई/तीन वटा मात्र होटेल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटेल तथा रिसोर्ट खुलेका होटेल व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो । “निकुञ्जभित्र र बाहिर थुप्रै होटेल तथा रिसोर्ट खुलेका छन्”, श्रेष्ठले भन्नुभयो, “अझै खुल्ने क्रम जारी छ ।” पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटेल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उहाँले बताउनुभयो ।
निकुञ्ज नजिक रु दुई करोड ५० लाखको लगानीमा रिसोर्ट निर्माण भएको छ भने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हात्तीको प्रमुख वासस्थान मानिएको निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ ।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ ।
प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमशः बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो । चालु आर्थिक वर्षको आठ महिनामा छ १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताउनुभयो । अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए ।
कूल ६२७ दशमलव ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरी गाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।
पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en