बन्दिपुरमा शिव महिम्नाहा उत्सव हुन


प्राकृतिक एवम् धार्मिक ग्राम बन्दिपुरमा श्रावण महिना भरि सञ्चालित हुने गरी शिव महिम्नाहा उत्सव हुने भएको छ । “आदियोगी प्रज्ञा धाम” मूल प्रवर्धक रहेको यस कार्यक्रम “शिव महिम्नाहा उत्सव” आयोजक मूल समितिले आयोजना गरेको हो । बन्दिपुर गा.पा. भित्रका विभिन्न सङ्घ संस्था, धार्मिक मठ मन्दिरका अगुवाहरू आयोजक रहनु भएको यस कार्यक्रमलाई बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको छ । यस उत्सवमा विभिन्न वित्तीय संस्था एवम् व्यापारिक सङ्घ संस्थाहरूले सह–प्रायोजन र सहयोग गरेका छन् ।

यस कार्यक्रम अन्तर्गत श्रावण महिना १ गते लुतो फाल्ने कार्यक्रम, श्रावण १ गते देखि ३१ गते सम्म सङ्गीतमय माहादिव्य आरती कार्यक्रम, श्रावण महिनाको प्रत्येक सोमबार “बोल बम कार्यक्रम” रहनेछ । बोल बम कार्यक्रम अन्तर्गत–मर्स्याङ्दी किनारमा रहेको शिवालय मन्दिरमा मर्स्याङ्दी नदीको जल अविषेक गर्ने, शिवालय देखि केवलकार परिसरमा रहेको सिद्धेश्वर महादेवमा पुगी रुद्राअविषेक गर्ने र केवलकार मार्फत बोलबम यात्रा गराउँदै बन्दिपुर डाँडा तिन धारे ज्योत्लिङ्गमा महादिव्य रुद्राअविषेक गर्ने, भजन कीर्तन, धार्मिक सांस्कृतिक कार्यक्रम गरी पुनः केवलकारको बटम स्टेसनमा महादिव्य आरती गरी  कार्यक्रम सम्पन्न हुने शिव महिम्नाहा उत्सव मूल आयोजक समितिका अध्यक्ष कृष्णराज अधिकारीले बताउनु भयो । श्रावण महिना भरि भजन प्रतियोगिता समेत आयोजना गरिएको आयोजक समिति सदस्य सरोज सिग्देलले बताउनुभयो । यो कार्यक्रम गत वर्ष भव्य रूपमा सम्पन्न भएको र यो वर्ष बन्दीपुरलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने गरी अझ व्यापक रूपमा विकास गर्न सबै क्षेत्रहरूको सहयोग रहने आयोजकले दाबी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x