नेपाली काँग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रवार र शनिवार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।
काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् । त्यसै गरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।
शिविरमा रु १० लाख बराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्त रोग, पाठेघरको मुखको परीक्षण, बाल रोग, नशा, हाड जोर्नी, शल्य चिकित्सा, नाक, कान तथा घाँटी, मुटु रोग र छाला तथा यौन रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
नेपाली काँग्रेस चितवनले पार्टीका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा काँग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en