स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राख्नुभएको छ । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उहाँको भनाइ छ ।
मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उहाँले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन दिनुभयो ।
“अन्तर्राष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त ?”, उहाँले भन्नुभयो, “यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ । त्यसैले सरकारले यी बजेटहरू रेड बुकमार्फत आउनुपर्छ ।”
मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताउनुभयो । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
“तथ्याङ्कअनुसार ३३ हजार जनशक्ति छन् तर व्यवहारमा त्यो पनि छैन । गुणस्तरीय सेवा दिन यति जनशक्तिबाट सम्भव छैन”, मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यमा नभई नहुने जनशक्ति दिन्छु भन्नेमा अर्थ मन्त्रालय तयार भइसकेको छ । अब दक्ष जनशक्ति प्राप्तिका लागि लामो समय कुर्न पर्दैन ।” चिकित्सा शिक्षाका विद्यार्थीमा निराशा बढेको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सक र प्यारामेडिक्स नर्सको अध्ययनका लागि सहजीकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
यस्तै, यस वर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रिय स्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en