नेपाल लाइफले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले यो अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत पौषमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा १२.९० प्रतिशतले बढेको छ ।
कम्पनीको चुक्ता पुँजी रु. ८ अर्ब २० करोड, शेयर प्रिमियम रु. ४ करोड , महाविपत्ति जगेडा रु. १ अर्ब ४ करोड , रिटेण्ड अर्निङ्ग रु. १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, गत वर्ष कम्पनीको जीवन बीमा कोष रु. १ खर्ब ६५ अर्बको थियो भने अहिले १० दशमलव ९६ प्रतिशतले बढेर रु. १ खर्ब ८३ अर्ब पुगेको छ ।
कम्पनीले ६ महिनामा रु. १९ अर्ब ७१ करोड खुद बीमा शुल्क आम्दानी गर्दा गत वर्ष कम्पनीले रु. १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आम्दानी ७ दशमलव १३ प्रतिशतले बढेको हो ।
रिपोर्ट अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. १०.४२ र प्रति शेयर नेटवर्थ रु. १२८.०१ छ ।
नेपाल लाइफको जीवन बीमा कोष २ खर्बको बाटोमा, नाफा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
