ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
यही पौष १७ गते मङ्गलवारदेखि ग्लोबल बैङ्क १७औँ वर्षमा प्रवेश गर्दै छ ।
उक्त अभियानअन्तर्गत बैङ्कले नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सात वटै प्रदेशहरूमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
यस अन्तर्गत, बैङ्कले पौष ४ गते बुधवार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो ।
यसै गरी, बैङ्कले अरू ६ वटा प्रदेशहरूमा यही पौष महिनामा शिविरहरू सञ्चालन गर्नेछ । जस अन्तर्गत बैङ्कले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पौष १३ गते शुक्रवार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मङ्गलवार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधवार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरे बजार आधारभूत विद्यालयमा पौष २१ शनिवार र कोसी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिवार स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैकले लिएको जनाएको छ ।
ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षता लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
