समृद्धि स्कुलको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालित वनस्थली, बालाजु स्थित काठमाडौँ बिजनेश क्याम्पसले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक महिने बेसिक नेटवर्किङ तथा अपरेटिङ सिस्टमको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । यही आउँदो भदौ २१ गते बिहीबार देखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टम्स बाट मान्यता प्राप्त प्रशिक्षकले सो तालिम कार्यक्रम सञ्चालन गर्दै छ ।
अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा सो क्षेत्रमा काम गर्न चाहनेहरूका लागि नेटवर्किङ तथा अपरेटिङ सिस्टमको ज्ञान र सिप अति महत्त्वपूर्ण र आवश्यक छ र यसै उद्देश्यका साथ सो निःशुल्क तालिम सञ्चालन हुँदै छ । सो तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रशिक्षार्थिहरूले विस्तृत रूपमा नेटवर्किङ तथा अपरेटिङ सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र सिप हासिल गर्नेछन् । सो तालिममा सहभागी भई सफल हुने प्रशिक्षार्थिहरूले सिस्को सिस्टम्सले प्रदान गर्ने प्रमाणपत्र पाउने छन् । १२ कक्षा उत्तीर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने व्यक्तिहरूले फोन नं. ९८५११३६१५७ मा सम्पर्क गरी निःशुल्क भर्ना तथा तालिम गर्न सक्नेछन् ।
बेसिक नेटवर्किङ तथा अपरेटिङ सिस्टमको निःशुल्क तालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en