बैंकिङ्ग कर्मचारीहरुमा हुनुपर्ने आवश्यक गुणहरु: एक चर्चा


हाल नेपालमा बैंकिङ्ग क्षेत्रमा करियर शुरु गर्न चाहनेको संख्या अधिक रहेको पाइन्छ । ब्यवस्थापन, बाणिज्य तथा अर्थशास्त्र विषय अध्ययन गरेकालाई बैकहरुले छनौटमा प्राथमिकता दिने भएता पनि अन्य जुनसुकै विधामा शिक्षा हासिल गरेकाले पनि बैक भन्ने वित्तिकै आफ्नो करियरको रोजाइमा राख्दछन । हुन त अहिले नेपालमा अरु क्षेत्रमा रोजगारीको अवसर कम भएको र बैकिङ्ग क्षेत्रमा अधिक जनशक्तिको माग भएका कारण पनि यो क्षेत्रमा आकर्षण बढेको हुन सक्छ ।

विद्यार्थीले आफ्नो वास्तविक चाहनाको विषय छनौट गर्नु भन्दा पनि लहैलहैमा र अभिभावकको चाहनामा विषय छनौट गर्ने परिपाटी भएको हाम्रो समाजमा आफुले पढेको क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने अभ्यास नभएकोले उपलब्ध अवसरलाई उपभोग गर्ने प्रयास गर्नु पनि अनुपयुक्त नहोला ।

सर्वाधारणको पैसा निक्षेपकोरुपमा स्वीकार गर्ने तथा अन्य महन्तपूर्ण सम्पत्ति समेत लकर सेवा मार्फ सुरक्षित राखिदिने बैकको प्राथमिक काम भएकोले बैकले सर्वसाधारणको लागि Trustee को रुपमा काम गर्ने भएकाले र बैकको भविष्य पनि सर्वसाधारणको विश्वासमा निर्भर रहने हुदा स्वाभाविकरुपमा बैकमा काम गर्ने कर्मचारीहरुमा पनि उच्च नैतिकताका आचारण र व्यवहारहरुको अनिवार्यता मानिन्छ ।

यस लेखमा बैंकिङ्ग क्षेत्रमा करियर शुरु गर्न चाहना राखेका उमेदवारहरुको सफल करियर यात्रामा सहयोग पुगोस् भन्ने अभिप्रायले बैकिङ्ग कर्मचारीहरुमा हुनुपर्ने आबश्यक गुणहरुका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको भएतापनि सो क्षेत्रमा करियर बनाई रहेका व्यक्तिहरुलाई समेत उपयोगी हुने विश्वास गरिएको छ ।

 
 

बहु प्रतिभाको मूल्यांकन मार्फत आफ्नो प्राथमिक प्रतिभा पहिचान गर्नुहोस । (Identify your Primary Intelligence through Multiple Intelligence Assessment)

हाडवर्ड विश्वविद्यालयका प्रसिद्ध मनोवैज्ञानिक तथा शिक्षाशास्त्री होवार्ड गार्डनरद्धारा प्रतिपादित बहुप्रतिभाको सिद्धान्त (Theory of Multiple Intelligence) अनुसार जन्मजात हरेक मानिसमा रहने तार्किक वा गणीतिय प्रतिभा (Logical or Mathematical Intelligence), भाषिक प्रतिभा (Linguistic Intelligence), अन्तर– ब्यक्ति प्रतिभा (Interpersonal Intelligence), अन्तरमुखी प्रतिभा (Intrapersonal Intelligence), शारिरिक गतिवोध प्रतिभा (Bodily Kinesthetic Intelligence), साङ्गीतिक प्रतिभा (Musical Intelligence), स्थान वा अन्तराल सम्बन्धी प्रतिभा (Spatial Intelligence) र प्रकृतिवादी प्रतिभा (Naturalist Intelligence) मध्ये आफुमा जन्मजात निहित प्राथमिक प्रतिभा के हो ? भन्ने कुरा पत्ता लगाएर मात्र आफ्नो पढाईको क्षेत्र तथा करियरको क्षेत्र अंगाल्दा उपयुक्त हुन सक्छ । यदि बैकिङ्ग क्षेत्रमा नै करियर अगाडि बढाउने भए पनि आफु आफ्नो प्राथमिक प्रतिभा अनुसार बैकमा कुन प्रकृतिको काम गरेमा बढी योगदान र उत्कृष्टरुपमा कार्य सम्पादन गर्न सक्छु भन्ने यकिन गरी करियर शुरु गरेमा सफल हुन सजिलो हुन्छ । साथै कुशल बैंकर हुन बैंकिंगका सबै क्षेत्रमा उत्तिकै योगदान गर्न आवश्यक हुने हुदा बैंकिंग व्यवसायको प्रकृति अनुसार तार्किक वा गणीतिय प्रतिभा (Logical or Mathematical Intelligence), भाषिक प्रतिभा (Linguistic Intelligence), अन्तर– ब्यक्ति प्रतिभा (Interpersonal Intelligence) जस्ता प्रतिभा अनिवार्य हुन सक्छन् अतः यस्ता प्रतिभाहरु विकास गर्ने प्रयास गर्न जरुरी देखिन्छ ।

आफ्नो करियरको लक्ष्य निर्धारण गर्नुहोस् । (Decide your Career Goal)

जुनसुकै क्षेत्र र विषयमा सफल हुनका लागि लक्ष्य निर्धारण गरी सो लक्ष्य प्राप्तिका लागि रणनीति सहित अगाडि बढ्न आवश्यक हुन्छ । यदि तपाई बैकिङ्ग क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने यो विधिलाई अनुसरण गर्न आवश्यक छ । सफलताको सूत्र = लक्ष्य निर्धारण (SEE) - कार्य (Action) - परिणाम (Get) लाई सधै पछाउनुहोस् । तपाई ३ बर्ष पछि आंफुलाई कहां देख्न चाहनुहुन्छ ?५ बर्ष पछि कहां देख्न चाहनुहुन्छ ? त्यसतै १०, १५,२० बर्ष पछि आंफुलाई कहां देख्न चाहनुहुन्छ ? भन्ने सम्बन्धमा लक्ष्य निर्धारण गर्नुहोस् र सो स्थानहरुमा पुग्न के कस्ता काम गर्न आवश्यक छ सो सम्बन्धी कार्ययोजना तर्जमा गरी कार्यान्वय गर्दै, पुनरावलोकन गर्दै निरन्तर कार्यान्वयन गर्दै जानुहोस् तव मात्र त्यो लक्ष्यमा पुग्न सक्नुहुने छ ।
 
लक्ष्य निर्धारणलाई हामीहरु घरको नक्सा तयार गर्ने प्रकृयासंग पनि तुलना गर्न सक्छौंं । कस्तो घर, कति तल्ले,कति लम्वाई चौडाई भएको, कतिवटा कोठाहरु भएको घर वनाउने भन्ने कुरा निश्चित गरेर घरको नक्सा पारित गरे पछि सो नक्सालाई लक्ष्य, सो अनुसार घर निर्माण गर्ने प्रकृयालाई कार्य र घर पूर्ण हुनुलाई परिणाम मानी आफ्नो करियरको पनि नक्सा वनाई स्वयम पारित गरी सो पुरा गर्ने प्रकृया थाल्न सकिन्छ । हुन त सफलता सवैको चाहनामा पर्दछ तर चाहना राख्नेहरु सवै सफल भएको भने पाइदैन । यस सम्बन्धमा भए गरेका अनुसन्धानहरुलाई हेर्ने हो भने संसारका करीव ८३ प्रतिशन मानिसहरुसंग जीवनको खासै निश्चित लक्ष्य भएको पाइदैन, करीव १४ प्रतिशत मानिसहरु संग आफ्नो जीवनको लक्ष्य हुन्छ तर उनीहरुले आफ्नो लक्ष्य Written Down गरेका हुदैनन् र व्यवस्थित तवरले पालना गरेका पनि हुदैनन्, केवल करीव ३ प्रतिशत मानिसहरुले मात्र आफ्नो जीवन र करियर सम्बन्धी स्पष्ट Written Down लक्ष्य सहित पुरा गर्ने कार्ययोजना एवं रणनीति लिएका हुन्छन् । उल्लेखित श्रेणीका मानिसहरु मध्ये १४ प्रतिशतमा पर्नेहरु ८३ प्रतिशतमा पर्ने भन्दा दूई गुणा (Two Times) सफल हुन्छन् भने ३ प्रतिशतमा पर्ने मानिसहरु बांकी ९७ प्रतिशतमा पर्ने मानिसहरु भन्दा दश गुणा (Ten Times) सफल हुन्छन् । यही कुरा कुनै संस्थामा काम गर्ने कर्मचारीहरुको हकमा पनि लागुहुन सक्छ भन्ने तथ्यलाई दृष्टिगत गरी आफ्नो लक्ष्य निर्धारण र कार्यान्वयन एक सफल बैकरका लागि पनि आवश्यक हुन्छ भन्ने कुरालाई मनन गर्न उपयुक्त देखिन्छ ।

सधै सकारात्मक सोच राख्नुहोस् । (Be Positive)

जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्नका लागि सकारात्मक सोच राख्नु अनिवार्य मानिन्छ । सकारात्मक सोचले सकारात्मक कृयाकलापलाई जन्म दिन्छ भने नकारात्मक सोचले नकारात्मक कृयाकलापहरुलाई वढावा दिन्छ, फलतः सकारात्मक सोच राख्ने ब्यक्ति सफलता तिर लम्किने र नकारात्मक सोच राख्ने ब्यक्ति असफलतातिर धकेलिने स्वाभाविक हुन जान्छ । अध्ययनहरुलाई आधार मान्ने हो भने पनि एक दिनमा मानिसको दिमागमा ६० हजार विचारहरु चल्दछन् जस मध्ये अधिकांश नकारात्मक विचारहरु हुन्छन् । अतः हामीहरुलाई विचारले सफल बनाउछ भने विचारले नै असफल पनि बनाउछ ।
 
कुनै विषयमा कुनै विश्वविद्यालयबाट उच्चतम अंक प्राप्त गरी उत्तिर्ण हुदैमा सफल हुने र कम अंक ल्याई उत्तिर्ण हुनेहरु असफल हुने भन्ने हुदैन । पढाइमा अंक ल्याउनु र व्यवहारमा सफल हुनु फरक कुराहरु हुन्र भन्ने बुझ्न जरुरी छ । अध्ययनहरुका अनुसार कुनै पनि व्यक्तिको सफलतामा सकारात्मक सोच र सोका आधारमा हुने सकारात्मक व्यवहारले करीव ८५ प्रतिशत योगदान गरेको हुन्छ भने करीव १५ प्रतिशत योगदान उसको शैक्षिक योग्यता तथा उसले जानेको तथ्य र डाटाले गरेको हुन्छ । अतः सफल बैकरका लागि सकारात्मक सोच तथा सकारात्मक कृयाकलापहरु आवश्यक तत्व मानिन्छन् ।

सधैं उच्च नैतिकता र इमान्दारिता प्रदर्शन गनुहोस् । (Always Exhibit High Ethic, Integrity and Honesty)

सर्वसाधारणको पैसा निक्षेपकोरुपमा स्वीकार गर्ने तथा अन्य महन्तपूर्ण सम्पत्ति समेत लकर सेवा मार्फ सुरक्षित राखिदिने बैकको प्राथमिक काम भएकोले बैकले जसरी सर्वसाधारणको Trustee को रुपमा काम गर्छ त्यसैगरी बैकका कर्मचारीहरुले पनि बैकको Trustee को रुपमा काम गर्न आवश्यक मानिन्छ । बैंक र उसका ग्राहकहरु वीच जसरी विश्वासको सम्बन्ध (Fiduciary Relation) रहेको हुन्छ बैकले आफ्ना ग्राहकहरुको सेवा आफ्ना कर्मचारी मार्फत गर्नेहुंदा बैंक र बैंकका कर्मचारीहरु वीच पनि विश्वासको सम्बन्ध (Fiduciary Relation) रहेको मानिन्छ । विश्वासको सम्बन्ध यति सम्वेदनशील मानिन्छ कि सानो भन्दा सानो शंकास्पद कृयाकलापले पनि यस्तो सम्बन्धमा तुषारापात हुनसक्छ । अतः वित्तीय संस्थामा काम गर्ने व्यक्तिले बैकबाट जारी आचार संहिता (Code of Conduct) तथा नियामक निकायद्धारा जारी निर्देशन लगायत सामान्य आचारणगत नियमहरुको समेत उच्च सतर्कताकासाथ पालना गर्दै उच्च नैतिकता प्रदर्शन गर्न सक्नु पर्दछ ।
 
जानकारहरु बैकिंग करियरलाई शिसाको घर (Mirror House) संग तुलना गर्दछन् । शिसाको घर जति सुन्दर,आकर्षक र मनमोहक देखिन्छ त्यतिकै संवेदनशील पनि छ जुन अन्जानमा फालिएको सानो ढुङ्गाले पनि झ¥यामझुरुम हुन सक्दछ । त्यस्तै बैंकमा काम गर्नु जति मर्यादित,इज्जतदार र सम्मानित देखिन्छ त्यत्तिकै संवेदनशील पनि छ जहां सानो भन्दा सानो शंकास्पदा कृयाकलापले पनि करियर समाप्त हुन पुग्दछ । उदाहरणको लागि कुनै बैकमा नगद काउण्टरमा काम गर्ने कु्रुनै कर्मचारीले बैंक काउण्टरमा निक्षेप लिने क्रममा बढी नगद आयो भने उसले काउण्टर बन्द गर्नुपूर्व बढी नगद आएको भनी आफ्नो सुपरभाइजरलाई बुझाई Cash Over जनाई हिसाव मिलान गर्नुपर्नेमा नमिलाई सो विपरीत पैसा आफलै राखी भोली आएर म संग छ भन्छ भने उसको यो कृयाकलाप शंकास्पद मानिन सक्छ । त्यस्तै कुनै कर्मचारीले बैक व्यवस्थापनको स्वीकृति वेगर ग्रहकको खाताबाट आफ्नोमा र आफ्नोबाट ग्राहकको खातामा कारोवार गर्दछ भने पनि स्वाभाविक कारोवार मान्न सकिदैन । यस्तोमा बैकलाई हानी नोक्सानी भयो भएन भन्दा पनि सम्वन्धित कर्मचारीको आचरण उच्च नैतिकवान भयो भएन भन्ने प्रश्न महत्वपूर्ण हुन सक्दछ । अतः बैकमा करियर बनाउने ब्यक्तिले सामान्य आचारणगतm नैतिकता र इमान्दारिताका नियमहरुलाई उच्च प्राथमिकतामा राखेर आफ्नो कार्यसम्पादन गर्न आवश्यक देखिन्छ । यस सम्बन्धमा State Bank of India VS Bela बीच भएको मुद्धामा Indian Supreme Court ले यस्तो निर्णय गरेको पाइन्छ ।
 
A bank officer/employee is required to exercise high standards of honesty and integrity. She/ He deals with money of the depositors and the customers. Every officer /employee of the bank is required to take all possible steps to protect the interest of the bank, and to discharge his/her duties with utmost integrity, honesty, devotion and diligence and to do nothing which is unbecoming of a bank officer. Good conduct and discipline are inseparable from the functioning of every officers/employee of the bank.

सधै उच्च व्याबसायिक ब्यवहार प्रदर्शन गर्नुहोस् । (Always Exhibit High Professionalism)

माथि भनिए झै बैकका कर्मचारीहरुले बैकको प्रतिनिधिकोरुपमा काम गर्नेहुंदा बैकका प्रत्येक कर्मचारीहरुका हरेक कृयाकलापहरुले बैकको व्यवसायिक प्रतिष्ठा (Professional Image) को प्रतिनिधित्व गर्दछन् भन्ने कुरा सदा हेक्का राख्न जरुरी छ । बैकका कर्मचारीहरुले बैंक भित्र आफ्ना सहकर्मीहरुसंग काम वा अन्य व्यवहार गर्दा वा बैंक वाहिर कुनै व्यक्ति वा समूह वा जमघटमा सहभागी हुंदा समेत उच्च व्यवसायिक व्यवहार प्रदर्शन गर्न सक्नुपर्दछ । उदाहरणको लागि बैंकको कुनै कर्मचारी कुनै सामाजिक कार्यक्रम वा जमघटमा सहभागी हुदा त्यहां कुनै अस्वाभाविक कृयाकलाप प्रदर्शन गर्दछ भने सर्बप्रथम अरु सहभागीहरुले यो मान्छे को हो ? कहां काम गर्दछ ? भनी चासो व्यक्त गर्दछन् घर कहां हो? कसको छोरा हो ? भन्ने प्रश्न त्यस पछिमात्र आंउदछ । अतः बैकका कर्मचारीहरुले हरेक समय र अवस्थामा उच्च व्यवसायिक आचरण प्रदर्शन गर्न आवश्यक छ । बैक कर्मचारीले लगाउने पहिरन तथा अन्य Appearance पनि स्वाभाविक र समाजमा पाच्य हुने खालका हुनु पर्दछ भने सामाजिक संजालको प्रयोग पनि उच्च सतर्कताका साथ Professional किसिमले गर्नुपर्दछ । कर्मचारी छनौटमा समेत सामाजिक संजालको प्रयोगलाई छनौटको एक आधार मान्न थालिएको हुदा पनि थप उच्च सतर्कताका साथ Professional तवरले सामाजिक संजालको प्रयोग गर्न जरुरीछ ।

आफ्नो पारस्परिक सम्बन्ध सम्बन्धी क्षमतालाई बृद्धि गर्ने प्रयास गर्नुहोस् । (Try to Boost your Interpersonal Skill)

बैकिंग व्यवसाय सेवामूलक व्यवसाय भएकोले सफल बैंकर बन्नका लागि अर्काको आवश्यकता बुझ्नसक्ने क्षमता विकास गर्न जरुरी छ । हुन त अध्ययनहरुले संसारका करीब ८० प्रतिशत कामहरु कुनै न कुनैरुपमा Public Speaking वा Public Relation संग सम्बन्धित छन् भन्ने देखाएकाले पनि सफलताका लागि मानिसहरुमा अन्तर–ब्यक्ति प्रतिभा (Interpersonal Intelligence) हुन अपरिहार्य मान्न सकिन्छ । बैकका कर्मचारीहरुले आफ्ना ग्राहकहरुको ठांउमा आंफु भएको भए मैले के चाहन्थे भन्ने मनसाय राखी सेवा गर्न सक्नु पर्दछ । सफल बैकर हुनका लागि हरेक कर्मचारीले आफु कर्मचारी भन्दा पनि बैंक व्यवसायी हुं भन्ने मनसाय राख्दै अरुको आवश्यकतालाई ध्यानमा राखी सेवा उपलब्ध गराउन आवश्यक देखिन्छ ।

छिटो सिक्ने क्षमता विकास गर्नुहोस् । (Strive to be a Quick Learner)

सफल बैंकरका लागि छिटो सिक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक छ । नियमनकारी निकायबाट जारीहुने निर्देशन तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंकिंग अभ्यास र प्रचलनहरुको ज्ञान राख्नु पर्ने हुदा तथा बैकका ग्राहकहरुलाई उनीहरुको आवश्यकता र उपयुक्त सेवाको सिफारिका लागि विभिन्न विषयमा सरसल्लाह उपलब्ध गराउन एवं बैकमा उच्च व्यावसायिक क्षमता राख्ने ग्राहकसंग Deal गर्नुपर्ने हुदा समेत आंफुमा यथेष्ट ज्ञान राख्न जरुरी छ । यसका लागि Visual Learner , Auditory Learner र Kinesthetic Learner मध्ये आफ्नो प्राथमिक Learning Style कुन हो भनी Assessment गरेर सो Style संग सम्बन्धित सिकाईका तरिकाहरु अपनाएर पनि आफुमा Quick Learning Skill विकास गर्न सकिन्छ ।

तनाव र दबावलाई ब्यवस्थापन गर्ने क्षमता राख्नुहोस् । (Strive to Manage Stress and Pressure)

कार्यसम्पादनका क्रममा कहिले सहजता त कहिले अफ्याराहरु आउनु स्वाभाविक नै हो । बैक कर्मचारीले अन्तर व्यक्ति सम्बन्ध विकास गर्ने, सकारात्मक सोंचको विकास गर्ने, Team work spirit को विकास गर्ने तथा काममा दत्तचित्त भै काम गर्ने, काम गने स्थललाई सिक्ने स्थलको रुपमा लिन सकेमा तनाव र दवाव व्यवस्थापनमा सहयोग पुग्न सक्दछ ।

ब्यावसायिक सोचको विकास गर्नुहोस् । (Develop a Professional Approach)

बैंकिंग ब्यवसाय सवभन्दा बढी नियमन हुने क्षेत्रमा पर्दछ । बैकको कार्यसम्पादन गर्दा प्रचलित कानून तथा नियमनकारी निकायबाट जारी हुने निर्देशनहरु लगायत आन्तरिक नीति नियम तथा कार्यविधिहरुको कडाईका साथ पालना गरी काम कारोवार संचालन गर्न आवश्यक मानिन्छ । त्यस्तै आफु मातहतका कर्मचारीहरुलाई पनि सो अनुसार कार्यसम्पादान गर्न सहयोग गर्ने, निर्देशन दिने तथा अनुगमन गर्ने जस्ता कार्यहरु पनि सुपरभाइजरले गर्न उपयुक्त हुन्छ ।
 
"Do your job with your brain, not with your heart." भन्ने भनाइलाई मध्यनजर गर्दे भावनात्मक संवेगमा काम कारोवार नगरी सम्वन्धित कानून, निर्देशन तथा आन्तरिक नियमको आधारमा काम गर्ने तथा अस्पष्टता भएमा आफ्नो सुपरभाइजर मार्फत अधिकार प्राप्त अधिकारको निर्णयमा कार्य सम्पादन गर्ने तथा कामको सिलसिलामा रिपोर्टिङ गर्दा आफ्नो सुपरभाइजर मार्फत मात्र गर्ने तथा आफ्नो सुपरभाइजर भन्दा उपल्लो अधिकारीले आंफुलाई कुनै निर्देशन दिएमा आंफ्नो सुपरभाइजरलाई जानकारी गराउने जस्ता बानीको विकास गर्दै आंफुमा ब्यावसायिक सोंचको विकास गर्न आवश्यक हुन्छ ।

समर्पित कर्मचारी बन्ने कोशिश गर्नुहोस् । (Strive to be an Actively Engaged Employee)

कार्यसम्पादनका क्रममा आफ्नो कामलाई र आफ्नो संस्थालाई अति नै माया गर्ने कर्मचारीहरु नै सो संस्थाका लागि समर्पित कर्मचारीहरु हुन् । समर्पित कर्मचारीहरुले आफ्नो सुपरभाइजरले दिएको कार्यको लक्ष्य पुरा गर्ने मात्र होइन कि सो भन्दा धेरै माथि उठेर आफ्नो कार्यक्षमता प्रदर्शन गर्दछन् । यस सम्बन्धमा भए गरेका अनुसन्धानहरुलाई आधार मान्ने हो भने कुनै संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कसैले कार्यस्थलमै आफ्नो असन्तोष प्रदर्शन गरिरेका हुन्छन् भने कसैले आफुमात्र होइन आफ्ना अरु सहकर्मीहरुलाई समेत भड्काई रहेका हुन्छन् भने करीव ३० प्रशित कर्मचारीहरुले मात्र अति समर्पित (Actively Engaged) कर्मचारीको रुपमा आफ्नो कार्यसम्पादन गरिरहेका हुन्छन् । अतः सफल बैंकर हुनका लागि आंफुलाई अति समर्पित कर्मचारीकोरुपमा प्रस्तुत गर्न आवश्यक देखिन्छ ।

प्राविधिक ज्ञान प्राप्त गर्ने कोशिश गनुहोस् । (Strive to Acquire Technical Skill)

अहिले कार्यसम्पादनको जुनसुकै क्षेत्रमा डिजिटलाइजेशनको क्रम बढिरहेको छ । बेञ्चबाट शुरु भएको बैंकिंग व्यवसाय काउण्टर, एटीएम हुदै मोवाइलमा पुगिसकेको बर्तमान अवस्था र प्रविधिको क्षेत्रमा भएको द्रुततर विकासले भविष्यमा डिजिटल बैंकिंगले अझै फड्को मार्नेकुरा छर्लङ्गै छ । अतः प्रविधिको विकास संगै बैकका कर्मचारीले पनि आफ्नो प्राविधिक क्षमता बढाउदै लैजान नसके प्रविधि अगाडि अगाडि र कर्मचारीको कार्य सम्पादन पछाडि पछाडि हुदै जानसक्छ । त्यस्तै प्राविधिक ज्ञानको अभावमा आंफु अन्य प्रतिस्पर्धी कर्मचारीहरु भन्दा पछाडि पर्न सकिन्छ । अतः प्राविधिक वा गैर प्राविधिक जुनसुकै शैक्षिक योग्यता भएको भए पनि आवश्यक र व्यवहारिक प्राविधिक ज्ञान राख्नु सफल बैकर हुन आवश्यक देखिन्छ ।

बिश्लेषणात्मक क्षमताको विकास गर्नुहोस् । (Strive to Develop Analytical Skill)

निर्णय गर्ने क्षमताका लागि बिश्लेषणात्मक क्षमता आवश्य हुन्छ भने बिश्लेषणात्मक क्षमताको लागि सम्बन्धित विषमा जानकारी वा ज्ञान हुन आवश्यक हुन्छ । अतः कुनै काम गर्दा सो संग सम्वन्धित वाह्य वा आन्तरिक नीति नियमको जानकारी राख्नुहोस् । बैकिंग काम सीप र ज्ञानमा आधारित भएकोले बैंकिंग जगतका वाह्य वा अन्तरिक गतिविधिहरुबारे जानकारी राख्न पनि प्रभावकारी बैकरका लागि उत्तिकै आवश्यक छ । कुनै काम गर्दा त्यसको तर्क र आधार (Rational) के हो ? भन्ने बुझ्ने कोशिश गर्नुहोस् ।
 
जस्तै: कुनै व्यक्ति बैंकमाा खाता खोल्न आउदा उसको उमेर १८ बर्ष नपुगेको भए उसको नामबाट खाता खोल्न सकिदैन । यसको कारण के त ? भन्ने जान्ने प्रयास गर्नुहोस् । किन कि बैकमा खाता खोल्नु भनेको सो ब्यक्ति र बैंक वीच करार हुनु हो । १८ बर्ष नपुगी कुनै ब्यक्तिले कसैसंग करार गर्न सक्दैन । करार कानून अनुसार १८ बर्ष नपुगी कुनै ब्यक्तिले आफ्नो हित र अहित छुट्टाउन सक्दैन भन्ने मान्यता रही आएको छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । अतः सफल बैकरका लागि विश्लेषणात्मक क्षमता हुनु उत्तिकै आवश्यक मानिन्छ ।

समूहमा काम गर्ने क्षमताको विकास गर्नुहोस् । (Strive to Work with Team Spirit)

Team spirit सफलताको एक प्रभावकारी माध्यम हो । सफल हुनुमा आफ्नो मेहतनको साथसाथै आफ्नो समूहका सदस्यहरुको पनि उत्तिकै योगदान रहेको हुन्छ । तनाव र दवाव कम गर्न पनि सामूहिक भावनाले उत्तिकै सहयोग पुग्दछ भन्ने कुरा हेक्का राख्न जरुरी हुन्छ । त्यसैले आंफ्ना जुनियरलाई माया र सिनियरलाई सम्मान गर्ने तथा सिनियर अभिभावक र जुनियर सन्तान सरह हुन् भन्ने भावना राखी काममा पारिवारिक वातावरणको सृजना गर्नसके सफलताको लागि सहजता आउन सक्दछ ।

व्यवस्थापकीय र नेतृत्वदायी क्षमताको विकास गर्ने प्रयास गर्नुहोस् । (Strive to Develop Managerial and Leadership Skill)

भविष्यमा आफ्नो करियरका क्रममा आफ्नो समूहको लागि निर्धारण गरिएको लक्ष्य प्राप्तिमा, समूहका सदस्यहरुलाई उत्प्रेरित गर्दे नेतृत्वदायी भूमिका निर्वाह गर्ने र निर्धारित लक्ष्य प्राप्त गर्न उपलब्ध नीति निर्देशनको पालना सहित People Management, Time Management तथा अन्य ब्यवस्थापकीय भूमिका निर्वाह गर्नु पर्ने वास्तविकतालाई मध्यनजर गर्दै करियर शुभारम्भैबाट नेतुत्वदायी पदमा रहेको सिनियरहरुले यस सम्बन्धमा गर्ने कृयाकलापहरुलाई सिक्दै आंफुमा व्यवस्थापकीय र नेतृत्वदायी क्षमताको विकास गर्ने प्रयास गर्नु सफल बैंकरका लागि आवश्यक हुन्छ ।

सधै खुला तथा परिवर्तनलाई आत्मसात गर्ने क्षमता विकास गर्नुहोस् (Always be Open and Adaptable to Change)

हामी सवैलाई थाहा भएकै कुरा हो कि समय सधैं एकनास हुदैन । करियरका क्रममा पनि आरोह अवरोह आइनै राख्दछन् । परिस्थिति अनुसार सहजमा मात्तिने र असहजतामा आत्तिने प्रवृत्तिले करियरलाई निरन्तरता दिन नसकिने अवस्था आउन सक्दछ ।

तसर्थ परिवर्तनलाई आत्मसात गर्ने र परिवर्तन अनुसार आफुलाई परिमाजर्न गर्दै लैजान सक्नु र आफ्नो बारेमा आउन सक्ने जुनसुकै नकारात्मक टिप्पणीलाई पनि आत्मसात गरी आपंmुलाई परिमार्जन र परिष्कृत गर्दै लैजाने क्षमता सफल बैकरका लागि आवश्यक तत्व मान्न सकिन्छ ।
अतः भविष्यमा आफुलाई एक सफल बैकरकारुपमा देख्न चाहनुहुन्छ भने आंफुमा उल्लेखित क्षमता र गुणहरु विकास गर्ने प्रयास गर्न आवश्यक देखिन्छ ।
 
 
(लेखक उत्सव ढकाल ज्ञानमाण्डूका कार्यकारी संचालक/सम्पादक तथा साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हुन् ।)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
50.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x