जग्गा विकास, निर्माण इभेन्ट म्यानेजमेन्टको साथ–साथै रियल सेक्टरमा नियमित लगानी गर्दे आएको कम्पनी आरकेडि होल्डिंग्स लिमिटेडले कम्पनीको विशेष साधारण सभा मार्फत कम्पनीको अधिकृत पुँजी रु.पाँच अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित गरे सँगै कम्पनीको जारी पुँजी तिन अर्ब एकाउन्न करोड रुपैयाँ कायम हुने भएको छ । जस मध्य प्रर्बधकहरुले दुई अर्ब एघार करोड रुपैयाँ चुक्ता गर्ने छन् भने प्रारम्भिक सार्वजनिक निष्कासन IPO गरी एक अर्ब चालिस करोड रुपैयाँमा प्रिमियम मूल्य थप गरी पुँजी चुक्ता गरी सक्ने नीति कम्पनीको साधारण सभाले पारित गरेको छ ।
सो कम्पनीले लगानीको क्षेत्र व्यवस्थापन गर्नेको लागी टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, पर्यटन र केबलकार क्षेत्र जोड्न को लागि बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड लाई प्रवर्द्धन गरी सकेको छ । ती कम्पनीको सहायक कम्पनीका रूपमा इकमर्सको बजार बसाउनको लागी बिजबजार लिमिटेड, थप केबलकारहरू निर्माणको लागी बुढीँ माँ छिम्केश्वरी दर्शन प्रा.ली., रिक्रियशनको लागी बन्दिपुर स्काइवाक् एण्ड रिक्रिएसन प्रा.लि, सिद्ध गुफा रोपवे प्रा.लि., बन्दीपुर बैङ्केट एण्ड ईभेन्ट्स प्रा.लि.प्रवर्द्धन गरी सकेको छ । यसै गरी बाहिर देश बाट सिधै सामाग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्ने आरकेडि इम्पोट एण्ड ट्रेड इन का साथै उघोग सञ्चालनको क्षेत्रमा कार्य गर्नेको लागी रासायनिक मल कारखाना सञ्चालन को पूर्व तयारी स्वरूप आर के.डि फर्टिलाइजर र स्टिलका सामाग्री उत्पादन गर्ने गरी आरकेडि स्टिल इन्डष्ट्रिज खोल्ने आन्तरिक रणनीति बुनिरहेको कम्पनीले दाबी गरेको छ ।
आरकेडि होल्डिंग्स लिमिटेड स्वदेश र प्रवासमा रहको चार हजार माथि को सङ्ख्याका युवाहरूले प्रवर्द्धन गरेको कम्पनी हो ।
आरकेडि होल्डिंग्स लिमिटेडले पाँच अर्ब पुँजी पुर्याउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
