स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २१.२८ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले २७ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ३३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको स्वावलम्बन लघुवित्तले १२ अर्ब ८० करोड निक्षेप सङ्कलन गरी १८ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तको जगेडा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ र सञ्चित मुनाफा ५८ करोड २८ लाख रुपैयाँ रहेको छ ।
स्वावलम्बन लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.१९ प्रतिशतले घटेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ८.६६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ४६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ७९७.०० को आधारमा मूल्य आम्दानी अनुपात ३०.२९ गुणा रहेको छ ।
स्वावलम्बन लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
