खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७८.३४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको खप्तड लघुवित्तले ३३ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, खप्तड लघुवित्तले २८ करोड ४६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
खप्तड लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६३.९९ प्रतिशतले बढेर ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.९७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १३०५ को आधारमा मूल्य आम्दानी अनुपात ११०५.९३ गुणा रहेको छ ।
खप्तड लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि नाफामा ७८.३४ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
