
हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद शेयर श्रावण २२ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको १५ लाख ७७ हजार २११ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१०० तोकिएको छ।
उक्त हकप्रद संस्थापक शेयरहरू खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले श्रावण २९ गते सम्ममा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
इच्छुक आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डाैँ तथा लक्ष्मी सन्राईज बैङ्कका शाखाहरू क्रमशः विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
 
हिमाल दोलखा हाईड्राेपावर कम्पनीको हकप्रद शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    